पृथ्वीमा रहेका जीव, जनावर , वनस्पति, हावापानी,माटो आदि सम्पुर्ण जैविक र अजैविक वस्तुहरुलाई वातावरण भनिन्छ। वातावरणले मानिसहरुलाइ घेर्दछ र उनिहरलाइ परिस्थिति दिन्छ ।यो प्रकृति, समाज र एक निश्चित स्थान र समय र सस्कृति बाट बनेको हुन्छ। वातावरणलाइ मुख्यतया दुई भागमा विभाजन गरिएको छ एक प्राकृतिक वातावरण र अर्को सास्कृतिक वातावरण । वातावरण मानव जिवनको लागि अपरिहार्य छ । स्वस्थ वातावरणले प्राकृतिक सन्तुलन कायम गर्नुका साथसाथै पृथ्वीमा रहेका सम्पुर्ण जिवित वस्तुहरुको वृद्धि विकासमा महत्वपूर्ण मद्दत पुर्याउँदछ।
वातावरण सन्तुलनमा मद्दत पुर्याउने हेतुले सन १९७३ देखि सयुक्त राष्ट्रसंघले हरेक बर्ष ५ जुन मा विश्व वातावरण दिवस मनाउदै आएको छ। नेपालले भन्ने १९७६ देखि यो दिवस मनाउदै आएको छ। वातावरण स्वच्छ भएन भने मानिस वा अन्य जीवजन्तुलाइ समेत बाँच्नका लागि अपठ्यारो हुन्छ। वातावरण स्वच्छ हुँदा मात्र मानिस लगायत जीवहरुको जीवन पनि स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ।यसैले सबै मिलेर वातावरण संरक्षण गर्नु आजको आवश्यकता हो। वातावरण र मानव एक रथका दुई पाङ्ग्रा हुन। ति दुवै विचको सम्बन्ध एक अर्कामा आश्रित रहेको छ । प्रकृति बिना मानवीय जिवन कल्पना सम्म गर्न सकिदैन । हामिले दिनप्रतिदिन विभिन्न वहानामा प्रकृतिको दोहन गरिरहेका छौ। यसले गर्दा हाम्रो वातावरणमा नराम्रो असर परिरहेको छ। वातावरण भन्नाले पृथ्वीमा कायम जल ,वायु र माटो विचको अन्तरसम्बन्धलाइ बुझिन्छ। प्राणि बाच्नका लागि अनुपयुक्त परिस्थिति निर्माण हुनुलाइ प्रदुषण भनिन्छ। वातावरणीय प्रदूषणले वातावरण र मानवीय जिवनमा उत्तिकै असर निम्त्याउँछ।
बढदो तापक्रम र असन्तुलित रुपमा भइरहेको मौसम परिवर्तनका कारण वातावरण र मानव समुदायबिचको सम्बन्धमा असन्तुलित परिवर्तनले अकालमै ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको छ । यदि प्राकृतिक स्रोत र साधनको बैज्ञानिक तरिकाले सहि सदुपयोग गर्न सकेको खण्डमा यसले समग्र रूपमा विकासमा ठुलो योगदान पुर्याउने देखिन्छ। नेपाल एक प्राकृतिक स्रोत साधनले विश्व कै धनि राष्ट्र हो हामिले हाम्रो प्राकृतिक स्रोत साधनको सहि सदुपयोग गर्न नसक्दा हामिले सोचेको जस्तो फाइदा लिन सकिरहेका छैनौं। स्वस्थ वातावरणले प्रकृतिलाइ सन्तुलनमा राख्नुका साथसाथै बढदै गएको मागलाइ पुरा गर्दछ र बढदो जलवायु परिवर्तनलाइ पनि कम गर्न मद्दत पुर्याउने देखिन्छ। यसैले प्राकृतिक स्रोत साधनको सहि सदुपयोगले वातावरणिय असरलाइ समेत कम गर्दछ।
(लेखक ; टेकेन्द्र पाठक अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा वातावरणविद हुन । )