Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारनेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

    नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

    - Advertisement -

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् । लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    उनले भने, ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’

    स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो । उनले थपे, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ । मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु ।’

    लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने अर्को घोषणा पनि गरेका छन् ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !