Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारवैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

    वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

    - Advertisement -

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टलाई एक बनाउने आफ्नो मिसन भएको बताए ।

    ‘नेपालमा अलि वैज्ञानिक विचार राख्ने भन्या कम्युनिस्टहरु नै हुन । विज्ञानलाई दर्शनको रुपमा दर्शनलाई विज्ञानको रुपमा आत्म साथ गरेको पाईन्छ । त्यसकारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भन्ठानेर निक्कै ठूलो जोखिम उठाएर आफूले त्याग गरेर कम्युनिस्ट एकता गराएकै हो’ प्रचण्डले भने, ‘त्यहाँ के के भयो त्यो छदैछ ।

    अझैपनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनै पर्छ । त्यो मिसन हाम्रो हो । त्यसको हिजोपनि प्रस्तावक मै थिए भाेलि पनि म प्रस्तावक हुन्छु भन्ने लाग्या छ ।’ वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा भए वैज्ञानिक नीति र समाजवादको रुपमान्तरण हुने प्रचण्डले बताए । नेपाली समाज नयाँलाई पटक्कै नरुचाउने गरेको बताउँदै प्रचण्डले त्यसका लागि रुपान्तरणको खाँचो भएको बताए ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !