Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारदेशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

    देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

    - Advertisement -

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजीले देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा शनिवार आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर र सकटमा परेको भन्दै देशलाई वचाउन वामपन्थीबीच तालमेल गर्नुपर्ने बताएका हुन् ।

    ‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ नेता श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’

    नेता श्रेष्ठले घटनाक्रमहरुको गम्भीर आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै नेता श्रेष्ठले भने– ‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं । कतिपय भोली गरे हुने भए पछाडि गरौंला । अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !