Tuesday, August 16, 2022
More
    गृहपृष्ठअर्थ / वाणिज्यसर्लाही भन्सारद्वारा ५३ करोडराजस्व सङ्कलन

    सर्लाही भन्सारद्वारा ५३ करोडराजस्व सङ्कलन

    - Advertisement -

    सर्लाही ।  जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८/७९ मा करिब ५२ करोड ८२ लाख राजस्व संकलन गरेको छ । कार्यालयले ६४ करोड २४ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

    जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति गरेको हो ।

    कोरोना महामारी, स्थानीय निकायको निर्वाचन आदिका कारण अझै राजस्व संकलनमा अपेक्षा गरेअनुसारको प्रगति हासिल गर्न नपाएको कार्यालय प्रमुख काफ्लेले बताए ।

    उनले कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकायको निर्वाचनको प्रभाव पर्नु र छिमेकी देश भारतमा पनि भएको निर्वाचनको प्रभावका कारण अपेक्षाअनुसार राजस्व संकलन गर्न नपाएको जानकारी दिए ।

    जिल्लामा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयसहित ८ वटा भन्सार कार्यालय रहेका भए पनि जिल्लाका दुई छोटी भन्सार कार्यालय मात्र सञ्चालन हुनु, कोरोना महामारीका कारण सीमानाका बन्द हुनु, स्थानीय निकाय निर्वाचनको प्रभाव पर्नु र भारतमा भएको निर्वाचनको प्रभावले अपेक्षाअनुरूप राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ ।

    जिल्लाबाट निकासी पैठारी, लिलामी र अस्थायी पैठारीलगायतका कामबाट आव २०७८/७९ मा ५२ करोड ८२ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    भन्सार कार्यालयले आव २०७८/७९ को साउनमा ३९ करोड ३३ लाख, भदौमा ५४ करोड ६१ लाख, असोजमा ५१ करोड ६३ लाख, कात्तिकमा ४६ करोड ८१ लाख, मंसिरमा ६३ करोड १९ लाख, पुसमा ६२ करोड ४४ लाख, माघमा ५४ करोड ५० लाख, फागुनमा ३५ करोड ६४ लाख र चैतमा २७ करोड ९२ लाख राजस्व संकलन गरेको छ ।

    यस्तै वैशाखमा ३५ करोड ३१ लाख, जेठमा २८ करोड ३७ लाख र असारमा २८ करोड ४१ लाख राजस्व संकलन गरेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । जिल्ला भन्सार कार्यालयले आव २०७७/७८ मा ६० करोड ५९ लाख र आव २०७६/७७ मा ३३ करोड ६६ लाख राजस्व संकलन गरेको थियो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !