Tuesday, August 16, 2022
More
    गृहपृष्ठफिचरआज मिति २०७९ साउन ६ गते शुक्रवारको , हेर्नुहोस्...

    आज मिति २०७९ साउन ६ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

    - Advertisement -

    मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । रमाइलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्बन्धी कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ।

    वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ।

    मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
    वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जीत निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा आर्थिक सहयोग हुनेछ।

    कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । आशा मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

    सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले सहासिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वाससम्बन्धी समस्या आउन सक्छ । अरुकै लहलहैमा लागेर आफ्नो सस्कार भुल्दापछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ।

    कन्या : (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    विभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पत्ति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजबुत हुने हुनाले साहसिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिविधिमा संलग्न भइ अगाडि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ।

    तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    आत्मीय मित्र तथा जीवन साथीको सहयोगले व्यापार व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई सजिलै हराइ नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धीमूलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ।

    वृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेको छ।

    धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ।

    मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ।

    कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ।

    मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेको छ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण, रोग तथा संकटको सामना गर्नुपदा मन खिन्न हुनेछ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !