लालबन्दी । सर्लाहीसहित देशका बिभिन्न भागमा पानी पर्न थालेसँगै किसान खुसि भएका छन । असारको सुरुवाती दिनमा केहि दिन पानी परेको भएपनि त्यसपछि परेको लामो खडेरीका बिच पानी पर्न थालेपछि किसान खुसि भएका हुन ।
सर्लाहीका अधिकांश खेतमा पानी नपरेपछि धान रोपाईं भएको छैन । यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने लालबन्दी ६ शान्तिटोलका पबन रेग्मीले बताउँछन ।
देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै ७६ प्रतिशत रोपाइँ भएको थियो । विशेषगरी यसपालि प्रदेश–१, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो । मल समयमा नपाउने त छँदै छ पानीसमेत समयमा नपरेपछि किसान थप मारमा परेका थिए ।
लालबन्दी नगरपालिका वडा नम्बर १५ बस्ने ललित बहादुर बिश्वकर्मा भन्नुहुन्छ सिँचाईको पानीले भन्दा आकाशे पानीले जमिन चिसो हुने हुँदा उब्जनिमा बृद्धि हुन्छ । अहिले परिरहेको पानीले धान खेती गर्ने किसानसँगै घोगा लाग्दै गरेको मकै बालीलाई समेत फाईदा पुगेको छ ।
असारमा पानी नपरेपछि यसपाली धान रोपाईं नहुँने हो कि भन्ने शंका उब्जिएको भएपनि कतिपय ठाउँमा साउन महिनाभर नै धान रोपाइँ हुने भएकाले शतप्रतिशत नै रोपाइँ हुने कृषि मन्त्रालयले जनाएको छ ।