परवानीपुरबाट ४५ किलो गाँजासहित टाटा पिकअप प्रहरीको नियन्त्रणमा

लालबन्दी । सर्लाहीको लालबन्दी १६ मिलनचोकबाट प्रहरीले गाँजा लिएर आउँदै गरेको टाटा पिकअपलाई नियन्त्रणमा लिएको छ ।

आईतबार मध्यरातमा वडा नम्बर १६ परवानिपुरबाट रानिगंजतर्फ आउँदै गरेको बा६च ८६६६ नम्बर टाटा पिकअपलाई शंका लागी पछ्याउने क्रममा प्रहरीले मिलनचोकमा नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी चौकीबाट असई गणेश दनुवारको टोलीले सुराकीको आधारमा गाडिलाई पछ्याएको थियो ।

गाडिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएपनि चालक भने फरार भएका बताईएको छ । बरामद गाडिलाई चेकजाँच गर्दा गाडिको पछाडीको भागमा फल्स बटन बनाएर ४५ किलो गाँजा लुकाएर ल्याएको भेटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बरामद गाँजासहित गाडिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

५ ओटा रातो र एउटा सेता प्लाष्टिकमा पोको पारेर ल्याउँदै गरेको गाँजा र गाडि ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ ।