Tuesday, August 16, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशहरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेल हाजिर

    हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेल हाजिर

    - Advertisement -

    हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर भएका छन । नगरपालिकाले बुधवार एक कार्यक्रम गरि यस अघिका प्रमुख प्रशासकिय अधिकृत राज कुमार दासलाई बिदाई गर्दै नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएका दिवाकर भुजेललाई स्वागत गरेको हो ।

    गएको स्थानिय चुनावमा जिल्ला निर्वाचन कार्यालय सर्लाहीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका लालबन्दी निवासी भुजेल हरिपुर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउनुभएको हो ।

    हरिपुरका यस अघिका प्रमुख प्रशासकिय अधिकृत दास सरुवा भएर सिराहा जिल्ला जानुभएको छ । दासले हरिपुर नगरपालिकाबाट १ बर्ष ४ महिना सेवा प्रदान गर्नुभएको थियो ।

    नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय यादव लगाएतका नगरका कर्मचारीले नयाँ प्रमुख प्रशासकिय अधिकृत भुजेललाई फुल माला तथा अबिर लाएर स्वागत गरेका थिए ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !