लालबन्दी । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगरको भेला बिहिवार सम्पन्न भएको छ । भेलाले तुलसा गौतमको अध्यक्षतामा २५ सदस्यिय शिक्षक संगठनको नगर कमिटि गठन गरेको छ ।
श्री डिम जनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनको मधेश प्रदेश संयोजक एवं केन्द्रिय सचिव भुप नारायण अधिकारीको प्रमुख आतिथ्यतामा नगर भेला एवं अधिवेशन सम्पन्न गरिएको माओवादी केन्द्रका लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्गा मगरले जानकारी दिनुभयो ।
नवगठित कमिटिको उपाध्यक्षद्वमा असोक यादव र शंकर पाख्रिन, सचिवमा ललिन्द्र चौधरी, सह–सचिवमा उषा कार्कि, अर्थ सचिवमा जोगेन्द्र महतोसहित अन्य सदस्यहरु चयन भएका छन ।