Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारभारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

    भारतसँग ५ वर्षका लागि रासायनिक मल खरिद सम्झौता

    - Advertisement -

    काठमाडौं । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ । यो सम्झौता अनुसार नेपाल सरकारले सन् २०२५/२६ भित्र ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी खरिद गर्ने छ ।

    गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच खरिद समयको अन्तर्राष्ट्रिय मूल्यअनुसार मल खरिद गर्ने सम्झौता भएको हो ।

    आर्थिक वर्ष ०८३/८४ सम्मका लागि मल खरिद गर्न साउन १ गते उक्त सम्झौता भएको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । सम्झौताअनुसार पहिलो लट १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल भित्रीसक्ने कार्कीले बताए ।

    ‘साउन एकमा दुई कम्पनीबीच मल खरिदका लागि सम्झौता भएको छ,’ कार्कीले भने, ‘सम्झौता ढिलो भएका कारण दोस्रो वर्षअनुसार १ लाख १० हजार मेट्रिकटन युरिया र ६० हजार मेट्रिकटन डिएपी मल ल्याइने छ ।’ सम्झौताअनुसार दोस्रो वर्ष (यो आर्थिक वर्ष) ६० हजार डिएपी, एक लाख १० हजार युरिया, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार डिएपी मल ल्याइने छ ।

    यस्तै चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिकटन डिएपी ल्याइने छ । पाँचौ वर्ष १ लाख २० हजार मेट्रिकटन युरिया, ९० हजार डिएपी मल ल्याइने छ । पहिलो वर्षको बाँकी एक लाख मेट्रिकटन युरिया र ५० मेट्रिकटन युरिया मल ल्याइने कृषि सामग्री कम्पनीले जनाएको छ ।

    नेपालले मल आवश्यकताका लागि गरेको आग्रहपछि भारतीय कम्पनीले ग्लोबल टेण्डर गरेर मल खरिद गर्ने र त्यसपछि नेपाललाई बिक्री गर्ने गरी दुई कम्पनी बीच सम्झौता भएको छ । भारतीय कम्पनीले नेपाली कम्पनीकै नाममा बोरामा प्याकिङ सहित मल नाकामा बुझाउने सम्झौतामा उल्लेख छ । मलको ढुवानी गोदाम बिराटनगर, भैरहवा र वीरगन्ज नाका तोकिएको कार्कीले बताए ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !