किरणको काम र विप्लवको अर्थ नै छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्ने दाबी गरेका छन् ।

आज सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले काँग्रेसको नेतृत्वसँग पनि आफूले कुरा गर्दा अहिले काँग्रेस पहिलो हुन्छ तर माओवादीलाई दोस्रो हुनबाट रोक्न गडबड नगर्न सचेत गराईएको बताए ।

यो गठबन्धन पनि आगामी चुनाव सम्मै कायम राख्ने कुरामा निर्धक्क हुन उनले कार्यकर्तालाई अपील गरे ।

संघ र प्रदेशको चुनावमा टिकट दिँदा माथिबाट मान्छे हेरेर मात्र दिईने पनि उनले प्रचण्डले उल्लेख गरे ।

एक प्रसंगमा प्रचण्डले, किरण माओवादी काम नभएको र विप्लव माओवादीको पनि अब अर्थ नभएको दावी गर्दै बाबुराम भट्टराई माओवादी नै नभएकाले उनको हिशाब नरहेको बताए ।