Tuesday, August 16, 2022
More
    गृहपृष्ठसमाचारतरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

    तरकारी बोकेर भारततर्फ जाँदै गरेको ट्रकमा भेटियो ६ बोरा गाँजा, चालक पक्राउ

    - Advertisement -

    काठमाडौं । विराटनगरमा तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

    शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले ६ वटा बोरामा १५६ किलो गाँजा बरामद गरेको हो ।

    बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो ।

    गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !