सर्लाही । कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रमका बिच सरूवा हुनु भएका जिल्ला न्यायाधीशहरूलाई “फेरी भेटौला कार्यक्रम” मार्फत विदाई गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा कर्मचारी मिलन केन्द्रद्वारा आयोजित फेरी भेटौला कार्यक्रममा सर्लाही जिल्ला अदालत, मलंगवाबाट सरूवा भई जान लाग्नु भएका माननीय प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पिया, माननीय जिल्ला न्यायाधीश दुर्गा प्रसाद ढुंगेल, माननीय जिल्ला न्यायाधीश विदुर कोइराला र माननीय जिल्ला न्यायाधीश टेकनाथ गौतमलाई विदाई गरेकाे छ ।
विदाई हुने माननीय न्यायाधीशहरूलाई कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले “मायाको चिनो”, केन्द्रका अध्यक्ष रामदरेश रायले “गम्छा ” र केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले “अविर र माला” लगाएर विदाई गरे ।
कार्यक्रमका मुख्य आकर्षक व्यक्तित्व एवं प्रमुख अतिथि माननीय प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पियाले आफ्नो नेतृत्वमा भएको स्थानीय तह निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न गराउन सहयोग पूर्याउनु हुने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी लगायत सबै सर्लाहीबासीमा धन्यवाद व्यक्त गरे । उहाँले कर्मचारी मिलन केन्द्रको भूमिकाको चर्चा गर्दै मिलन केन्द्रले आयोजना गर्दै आएको फेरी भेटौला कार्यक्रम प्रसंशनीय रहेको बताउनु भयो । उहाँले मिलन केन्द्रले आफुहरूकाे विदाई गरेको प्रति आभार व्यक्त गर्नु भयो ।
यसैगरी, मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले माननीय न्यायाधीशज्यूहरूले सर्लाही जिल्ला अदालत मार्फत सम्पादन गर्नु भएको न्यायीक निर्णयको कारण जिल्लामा दण्डहीनता न्यूनीकरण हुँदै गएको बताउनु भयो । उहाँले समाजमा कानूनी राज्यको प्रत्याभूति दिलाउने न्यायपालिका प्रमुख निकाय रहेको स्मरण गराउदै न्यायको प्रतिमुर्ति माननीय न्यायाधीशज्यूहरूलाई विदाई गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष रामदरेश रायले माननीय न्यायाधीशज्यूहरूले न्यायको क्षेत्रमा खेल्नुभएको भूमिका सराहनीय रहेको बताउनु भयो । उहाँले सर्लाही जिल्लाकाे बसाइकाे क्रममा भएका राम्रो कुराहरू लिएर जान तथा कार्य सम्पादनको क्रममा दु:ख लागेका कुराहरू विर्सिदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा केन्द्रका वरिष्ठ उपाध्यक्ष हाेमनाथ सुवेदीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा माननीय प्र.जि.न्या.ध्रुव कुमार पिया, दुर्गा प्रसाद ढुंगेल, विदुर कोइराला र टेकनाथ गौतम, संरक्षक/प्रजिअ थानेश्वर गौतम, प्रमुख सेनानी अभिषेक कार्की, सप्रजिअ हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, उप अनु.निर्देशक चन्दन कुमार झा, जिल्ला न्याधिवक्ता ऋषिनाथ निरौला, वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदी, सदस्य जितेन्द्र किशोर गुप्ता, सदस्य डा. नन्दकिशोर कुशवाहा, सदस्य राजकुमार थापा, सदस्य ई.शत्रुधन कुमार यादव, सदस्य कमलेश कुमार यादव, प्रशासकीय अधिकृत कामेश्वर यादव, कअ प्रविण कुमार झा , कअ मुकेश कुमार यादव, रामबाबु यादव लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम केन्द्रका अध्यक्ष रामदरेश रायको अध्यक्षता र माननीय प्रमुख जिल्ला न्यायाधीश ध्रुव कुमार पियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।
कार्यक्रम केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गर्नु भएको थियोे ।