धिरोज यादव, मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति सर्लाहीको समन्वयमा कार्यक्रम गरिएको हो ।
प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालको राष्ट्रिय श्रोत ब्यक्ति कृष्ण गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग स्थानिय तहको शान्ति निर्माण विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप–सभापतिसहित जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुखहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममार्फत संस्थाले गरेको काम र अभियानका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालकी राष्ट्रिय श्रोत ब्यक्ति पार्वती बिश्वकर्माले संस्थाले हाल सम्म संचालन गरेका कार्यक्रम र संस्थाको अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।
प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालका सहजकर्ताद्वय गंगा बहादुर बिश्वकर्माले संचालन गरेको कार्यक्रममा अनिता दर्लामीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत ब्यक्ति कृष्ण गौतमले स्थानिय तहका जनप्रतिनिधिहरुको अधिकांश समय साना तिना विबाद मिलाउन र मेलमिलाप गराउनमै बितिरहेको भन्दै पालिका पालिकामा मेलमिलाप केन्द्र गठन र परिचालन गरि त्यस्ता बिवाद मिलाउने जिम्मा प्राकृतिक श्रोत द्वन्द्ध रूपान्तरण केन्द्र नेपाललाई दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम बुधवार मलंगवास्थित महेन्द्र होटलमा भएको हो ।