कांग्रेस सर्लाहीको कार्यवाहक सभापतिको जिम्मेवारी डा.यादवलाई दिईयो

सर्लाही । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उप–सभापति डा.सरोज कुमार यादवले पाउनुभएको छ ।

पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह व्यक्तिगत कामले केही समय जिल्ला बाहिर रहनुहुने भएपछि उप–सभापति यादवले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको हो ।

सभापति सिंह पार्टीको काममा नफर्किंदासम्म पार्टीको सम्पूर्ण कार्य सम्पादन गर्ने गरी उप–सभापति यादवलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

सभापति सिंहको पत्रकै आधारमा बुधबारदेखि नै कार्यवाहक सभापति पदको जिम्मेवारी सम्हालिसकेको उप-सभापति डा.यादवले बताउनुभएको छ ।