मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन गरेको छ ।

संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।