लघुकथा – “मशानघाटको चिठ्ठी ” परशुराम घिमिरे ,निदान

“मानवमात्रको हित सोच्नु तिम्रो दुर्भाग्य !
मानव तिमी विनाशकारी बनिरहेकोले म बाध्य बनेको हुँ …………….. “
मशानघाट अगाडि लेख्छ — “तिमी आफैं आफ्नो अन्त्यको तयारीगरिरहेका छौ , तिमीले मृत्युसँग डराउने र म सम्म आउन हिचकिचाउन पर्ने कुनै कारण देख्दिनँ म । प्रकृति सँग पौठेजोरी खेल्दै मानव लगाएत अवोध प्राणीलाई सम्पूर्णरूपले असर हुनेगरि जे जस्ता विनासका साधन निर्माण गर्यौ विकासका नाममा । त्यसमा केवल मानवहरुको मात्र स्वार्थ निहित भएको देखिन्छ । के यस धरामा अरु प्राणी सहजरूपले बाच्न पाउने अधिकार छैन र ? उनीहरुको र तिमीहरको समान थलो होइन यो पृथ्वी ? हे मानव ! तिमीले अफ्ना न्यायलयहरुमा मानव बाहेक वनस्पति वा अन्य प्राणीको हक अधिकारको बिषयमा कहिलेबाट बहस गर्छौ वा गर्न उचित ठान्छौ ? केबल महान बन्ने होडमा प्रकृतीलाई विनास गर्ने अधिकार कहिले बाट पायौ र कस्ले दियो ? तिम्रो क्रियाकलापले विनास भैरहेछ समय अनि म किन दोषी हुने ? प्रकृतिको रक्षार्थ आजसम्म तिमीले के कस्ता कार्य गर्यौ म टुलुटुलु हेरीरहेँ । संख्यात्मक हिसाबले पनि तिमी भन्दा अन्य प्राणी कयौं गुणाले बढी छन् । तिमी बहुमतको राजनिती गर्छौ नि केवल स्वार्थ साँध्न । एकपटक पनि सोध्यौ कुनै न्यायलयमा अन्य प्राणीको हातल के छ भनेर ? अहँ सोध्न जरुरत ठानेनौँ केवल आफ्नै स्वार्थका मुद्दामा बहस गरिरह्यौ ।हो त्यसकारण तिमी मसानघाट तर्फ आइरहेका छौ ।

दुखकोकुरा तिमीले गरेको क्रियाकलापले तिमी सँगसँगै अवोध प्राणीपनि मसानघाट आईरहेछन् जसले अझ विनास निम्त्याइरहेको छ जुन तिमीलाई हेक्का छैन किनकि तिमी आफुलाई बुद्धिजीवी र सर्वश्रेष्ठ मान्छौ । हो यो धारणा पनि तिमी मसानघाट तिर उन्मुख हुनको अर्को कारण हो । तिमीले कुन बुद्धिमत्ताको कार्य गर्यौ अरु प्राणीको लागि ? केवल अरुको स्वतन्त्रता हनन गर्यौ । तिम्रै न्यायलयले भन्छ अरुको स्वतन्त्रता हननगर्नु अपराध हो भनेर । हुन त तिम्रो न्यायलयले मानवको मात्रहित सोच्छ क्यारे ! तर , हे मानव तिमी मानवको मान र मर्यादा विपरीत छौ तिमी अशल मानव बन्न सकेकाछैनौँ ।

मैले तिम्रो मरेको लास मात्र कति कुर्नु ? तिमी एकपटक जीउँदै आएर तिम्रो र प्रकृति बीचको दुरी कम गर र मेरा चहाना बुझ्ने चेष्टा गर । कति मृत्यु देखि डराएर मशानघाट आउन हिचकिचाउँछौ ? मृत्युसँग समन्वय गर अशल कर्मद्वारा तिम्रो रक्षा सदैव हुनेछ ।”

  • परशुराम घिमिरे ,निदान