Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचारप्रचण्डले गरे हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन

    प्रचण्डले गरे हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन

    - Advertisement -

    काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् । उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् ।

    दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । तर हिरोसिमाका तीन लाख ५० हजार जनसंख्यामध्ये एक लाख ४० हजार र नागासाकीमा कम्तीमा ७४ हजार जना मानिस मरेको अनुमानित तथ्यांक रहेको बीबीसी नेपाली सेवाको एक रिपोर्टमा उल्लेख छ ।

    जापान भ्रमणको लागि माओवादी अध्यक्ष प्रचण्ड यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !