मेरो बाल्यकालको समयमा कुखुरा 🐓 बासेपछी निन्द्राबाट उठ्नुपर्थ्यो ।
कहिले बुबाको गालीले, त कहिले आमाको मायाले
ओछ्यानबाट उठ्नुपर्थ्यो ।
घाम आउनु भन्दा अगाडि नै दिन सुरु हुन्थ्यो
जो कोही आफ्नो कामलाई लिएर, आफ्नो भागमा परेको काममा लागि पर्थे ।
घरको एकलग काम गरेपछि
नुहाई धुवाइ गरि स्कुल जानलाई तयार हुन्थ्यौं
जसलाई स्कुल जान मन हुँदैन थियो , पेट पक्डिएर रुन थाल्यौं।
२/४ कोलोमिटर हिडेर हामी हाम्रो स्कुल पुग्थेउ
आआफ्नो कक्षामा गएर किताब राख्थेउ
बिहान सबैजना स्कुलको ग्राउन्डमा राष्ट्रिय गाना गाउँथ्यौ..
( श्री मान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति…)
त्यसपछि सबैजना आआफ्नो कक्षामा जान्थेउ
कक्षा गित ( हट्ने होइन, डटि लड्ने नेपालीको बानी हुन्छ..) गाएपछी तुरुन्तै पढाइ सुरु हुन्थ्यो,
सायद नै कुनै घण्टी हुदैन थियो
सरको हातबाट कुटाइ नखाको ।
चार घण्टी पढेपछि टिफिन घण्टी लाग्थ्यो
सबैजना स्कुल नजिकैको धारा पध्याँरोमा जान्थेउ पानी, पानी अमला, अमला असारी ऐसेलु, तित्री खोज्दै खान्थेउ.. अहिलेको जस्तो कहाँ थियो र हाम्रो पालामा घरदेखी टिफिन लिएर जानलाई, स्कुलमा क्यान्टिन हुदैन थियो हाम्रो पालामा..
स्कुलपछि घर गएपछि फ़ेरि बेलुका खेल्थेउ
जबसम्म बुबाले कराउनुहुन्न..तबसम्म हामी घरमा जादैन थियौ..
न फेसबुक न ह्वाटसप न स्मार्ट फोन हुन्थ्यो त्यो बेला
मेरो बाल्यकालको बेलामा घरमा सुगा, मैना हुन्थ्यो ।
शुक्रबार हाप छुट्टी त्यसपछि हामीलाई दसै आए झै हुन्थ्यो
गर्मीको महिना खोलामा दिनभर पौडी खेल्ने , आँप टिपेर घरबाट लगेको हरियो खुर्सानी र नुन ढुङ्गामा पिसेर खाने. जंगलमा सुगाको बच्चा झिक्न जाने ..बेलुका कसको घरमा टिभी छ त्यहाँ गएर हिजो आजको कुरा , ८ बजे समाचार पछि नेपाली फिल्म हेर्थ्यौं।
बेलुका टुकि बत्ति वा लालटिन बाल्नको लागि मट्टीतेल सकियोभने भुतको कथा भनेर डराउदै सुत्थ्यौं , कथमकताचित आधा रातमा पिसाब आयोभने आफुभन्दा ठुलालाई उठाएर जान्थ्यौं,
राजेस हमालको फिल्म हेरेपछि त्यही फिल्म सम्झिदै आफुलाई राजेस जसरी अभिनय गरेको सम्झिदै सुत्ने गरिन्थ्यो ।
नयाँ बर्षमा हिरो हिरोनीको पोस्ट कार्ड भित्तामा टासिन्थ्यो
ती दिनहरुमा घरमा भोजन कृतन बज्थ्यो,
हाम्रो जमनामा कहाँ केटिहरु सुन्दर देखिनका लागि ब्युटिपार्लर जान्थे र अनुहारमा पाउडर र निधारमा टीका लगाउने गर्थे।
केहि खास हाम्रो बाल्यकाल थियो र खास नै छन् ती दिन हरुको यादहरु..
मात्र याद नै रहिरह्यो अब , उस बितेका जिबनको ।
ति दिनहरू न फ़ेरि आउछन् न ति रातहरु..
जब हामी फोन बिना नजिकको मान्छेसँग घण्टौ कुरा गर्थेउ
पल पलमा मीठो सुगन्ध लाग्थ्यो त्यो जिन्दगी , सानो छदा भाले बासेपछि निन्द्राबाट उठ्ने गरिन्थ्यो । ।
- सन्तोष कार्की माैसुफ