उनिहरु सोधिरहेछन सोधिरहेछन
मास्क खोइ
सेनिटाईजर खोइ
उनिहरु कहिल्यै सोध्दैनन
झुक्किएर पनि
मार्क्स खोइ
लेनिन खोइ ?
भाइरसको कारण पुँजिबाद हो
पुँजिबादको अन्त्यको उपाय मार्क्सवाद हो
मास्कसँगै मार्क्सवाद खोजौं
भन्ने मेरो अपिल छ !
चोकमा रुंगेर मास्क मात्र नखोजौं
कहिलेकाही त खोजौं स्वाधीनता र स्वाभिमान
कहिलेकाही त खोजौं कालापानी
लिपुलेक र सुस्ता पनि !
कहिलेकाहीँ त खोजौं हराएका सपनाहरू
कहिलेकाहीँ त खोजौं सपनाहरू खोज्दाखोज्दै
हराएकाहरु-हराइएकाहरु
लुकाएकाहरु -लुकाइएकाहरु
बालुवाटार देखि खुमलटार-बालकोट राजमार्गमा
हुइकने गाडिले सवारी चालक अनुमतिपत्र माग्दा
बरु झुक्किएर
देश बेच्ने किर्ते लाइसेन्स देखाउँछ
देखाउँदैन सेतो मास्कले छोपेको
कालो नक्कली माक्र्सवादी अनुहार !
कोरोनाको यो याम
सत्ता चहान्छ
मार्क्सवादीहरु पनि
मास्कले छोपिउन
ओ शासक मेरो चेहरामा मास्क होइन
मार्क्सवाद नियाल
म गर्भमै तुहाउन खोजिएको
समाजबादी शिशु हुँ !
मलाई जोगाउन
मेरि आमाले भोक लाग्दा आगो खाईन
तिर्खा लाग्दा प्यास नै पिइन
म मायादेबीको स्नेही काखमा हुर्किएको ज्ञानि हिटलर हुँ
मारिया अन्नाको स्तनपान गरेर हुर्किएको क्रूर बुद्ध हुँ
मैले चलाइन बोधगयामा ज्ञानको बिश्वबिद्धालय
मैले चलाइन यहुदिहरुको मृत्युु शिबिर
बस यति बुझ परिआए
म तिम्रो ब्यबस्था बिरुद्द्को
हिटलर र बुद्द दुबै हुँ
तिमिले क बाट कमल पढ्यौ
मैले क बाट कार्ल मार्क्स पढें
मान्छेहरु मान्छे हुनुपर्छ भनेर सोचें
ओ कम्युनिस्ट घोषणापत्र बोकेको रामदास
मैले कस्तो कविता रचिदिए हुन्थ्यो जस्तो लाग्छ
यो रुन्चे याम
तिम्रो मक्किएको ब्यबस्थाको पक्षमा ?
रातभरको करणी पश्चात्
बिहान ल्याएर दिएको
बेइमानी गुलाफ झैं तिम्रो कथित प्रेम
धोका हो
मलाई तिम्रो सत्ताप्रती घोर घृणा छ ।
बैज्ञानिक समाजबाद जिन्दावाद !!!
-बि पि बिद्रोही