९० किलो गाँजासहित सिरहामा एम्बुलेन्स चालक पक्राउ

सिरहा। सिरहा प्रहरीले एम्बुलेन्समा राखेर गाँजा तस्करीमा संलग्न एकजना चालकलाई पक्राउ गरेको छ । सिरहा प्रहरीले चेकजाँचको क्रममा ९० किलो गाँजा बोकेको एम्बुलेन्ससहित त्यसका चालक सरोज लामालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार सोमवार राती पौने ११ बजे चेकजाँचको क्रममा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा ९० केजी परिणाममा गाँजा बरामद भएको हो। एम्बुलेन्सका चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय लामालाई नियन्त्रणमा लिएको प्रहरीले उनको साथबाट २८ हजार नगदसमेत बरामद गरेको छ । एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । पक्राउ परेका लामालाई बयान लिएर थप अनुसन्धान गरिदैँछ ।