निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

काठमाडौं।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्ने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म रहेकोमा ७६ दल आयोगमा दर्ता भएका छन् ।

आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव सूर्यप्रसाद शर्माले दल दर्ता हुनेको संख्या ७६ पुगेकोमा तथ्याङ्कमा केहि संख्या तलमाथि पनि हुनसक्ने बताएका छन् । निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएको आयोगले जानकारी दिएको छ । #निर्वाचन_आयोग