गायक प्रताप दास भीमफेदी आउंदै

गायक प्रताप दास भीमफेदी आउने भएको छ |

भिमफिदी गाउँपालिका वडा नं. २ स्थित राप्ती क्लब भैंसेले श्री कृष्ण जन्म अस्टमिको अबसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा दास आउन लागेको हो | राप्ती क्लब भैंसेले स्थापना काल देखिनै आफ्नो संस्कृतिलाइ जगेर्ना गर्दै आइरहेको र आउने शनिवार पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष गोपीकृष्ण थापाले बताए |

कार्यक्रममा प्रताप दासको विभिन्न प्रस्तुति संगै राप्ति ब्याण्ड प्रस्तुति, डान्स ग्रुप अफ राप्ती क्लबको प्रस्तुति हुने क्लबका सदस्य राजिब परियार ले बताए |

यस बर्षको श्री कृष्ण जात्रा भाद्र ४ गते हुने र रथ यात्रा दिउँसो ४ बजे हुने जात्रालाइ ब्यबस्थित गरिने क्लबका अध्यक्ष थापाले बताए |

आफु भैंसे आउने जानकारी प्रताप दासले आफ्नो सामाजिक संजाल फेसबुकबाट दिएका छन् |