पर्दा खोली लगाएका नजर याद आयो
बन्द ओठमैंँ मुस्काएका लहर याद आयो ।
नाग बेली चुल्ठो खोली मदहोस वतासमा
केश फिजाई बटुलेका सगर याद आयो ।
मेरा हरेक अड्चन ती फूल झैँ बनाएर
दिलभित्रै धड्कीएका रहर याद आयो ।
झम्के साँझ एकअर्काको अँगालोमा बेह्रीईँदा
श्वास प्रश्वास रोकिएका बगर याद आयो ।
जुनताराको गाउँ खोज्यौँ प्रेमील भै रमाउन
नचिने झैँ हिँडिएका डगर याद आयो ।।
-परशुराम घिमिरे निदान