राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी वैकल्पिक शक्तिका रूपमा आएको बताउनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधिनता,सुशासन,हिन्दूत्व र समृद्धिको पक्षमा आफुलाई उभ्याउनु पर्ने उनले बताउनु भयो।
राप्रपा नेपाल उनले ठुला भन्ने दलहरूको असक्षमता, अदुर्दर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नको निमित्त जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने उनको भनाइ छ। बेथिति, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधिनता,सुशासन,हिन्दूत्व र समृद्धिको पक्षमा आफुलाई उभ्याउनु पर्ने उनले बताउनु भयो । राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,आर्थिक विकास अनि समृद्धि ,हिन्दूत्वको रक्षा ,भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको चर्चा गर्दै थापाले विदेशी प्रभुहरूको इसारामा चल्नेहरूबाट मुकुक र जनताको हित नहुने ठोकुवा गरे।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँच सय बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेको बताउनु भएको छ।