Monday, October 3, 2022
More
    गृहपृष्ठफिचरआज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

    आज मिति २०७९ भदाै १६ गते बिहीवारको , हेर्नुहोस् आजको राशिफल

    - Advertisement -

    मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ ।

    वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ, सतर्क रहनु होला । कसैसँग हल्का मनमुटाव पनि होला । विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ ।

    मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
    तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

    कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै रुपैँया पैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

    सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ ।

    कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आज तपाइलाई अल्छीपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिला सुस्ती हुन सक्छ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

    तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छ, पाहुनाको आगमन हुने दिन छ । चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ ।

    वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ, कसैबाट समर्थन पनि पाइएला । धनको लाभ अर्थात रुपैँया पैसा कमाइने दिन छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । अनौठो तरिकाबाट धन लाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति मिल्ला ।

    धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    शरिरमा सामान्य रोगले सताउला तर पनि सामाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ । अनौठो तरिकाबाट रुपैँया पैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

    मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला । सामान्य रोगले सताउला, सावधान रहनु होला साथै भौतिक सर सामानको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।

    कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
    बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ । बन्दैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न हुँदैन ।

    मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन तपाइको पैसा कमाउने योग छ । नचिताएको ठाँउबाट आम्दानी हुने छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्नेछन् । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !