काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्क विश्वकर्मा प्रकाण्ड चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्राणमा १५ दिनअघि चीन पुगेका प्रकाण्ड बिहीबार स्वादेश फिर्ता भएका हुन् ।
एक महिनाअघि जिल्ला अदालत ललितपुरले विप्लव, प्रकाण्ड र अन्य नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएयता विप्लव भने सार्वजनिक भएका छैनन् ।
विप्लव समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा आएको थियो ।