बकैयाकाे निर्माणधिन राधाकृष्ण मन्दिरमा सांसद थापाकाे अवलाेकन

हेटौंडा ।पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ काे राधाकृष्ण मन्दिरमा सांसद गणेश थापाले स्थलगत भ्रमण गरेका छन्।

आफु कुनै नेता हुनु भन्दा अगाडिनै धेरै गरिब अशक्त व्यक्तिहरुलाई सहयाेग गरेकाे र बकैयाकाे धार्मिक , आस्था बाेकेकाे याे ठाउँकाे मठ मन्दिर अपुराे रहेकाे संरचनामा पनि आफुले सहयाेग गर्ने स्थानीय जनतालाई प्रतिबद्दता व्यक्त गरेका छन्।

करिब १ बर्षदेखि मन्दिर निर्माण गर्न लागिपरेका स्थानीयले आफुले श्रमदान गरेकाे र अरु केहि व्यक्तिबाट रकम उठाएर निर्माण गर्ने लागिपरेकाे भएता पनि बजेटकाे अभाव बाट पुरा हुन नसकेको स्थानीय बासिन्दाले गुनासाे गरेका छन्। बकैया गाउँपालिका लाई चिनाउने हिसाबले निर्माण गर्ने लागेकाे धार्मिक ,एतिहासिक ठाउँ याे क्षेत्र हिन्दुहरुकाे आस्था काे केन्द्रकाे रुपमा रहेकाे छ।
केहि बर्ष अगाडि देखि निर्माण कार्य सुरु भएको याे ठाउँमा धेरै नेताहरु आएर लाखौं रुपैयाँ दिने भनेर आश्वासन मात्र दिएकाे र केहि नगरेकाे स्थानीय आराेप लगाएका छन्।