यु -१७ साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारत भिड्दै, दुबै टिम समूह बिजेता बन्ने दाउमा

काठमाडौं : श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज समुहकाे अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सेमिफाईनल पुगिसकेकाे नेपाल आज भारतलाई हराउँदै समूह विजेता बन्ने योजनामा रहेको छ भने भारतपनि नेपाललाई हराउदै समूह बिजेता बन्न चाहान्छ तर भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपालसंगै सेमिफाईनल भने पुगिसकेकाे छ ।