बकैयाकाे भीरकाेटमा नकआउट फुटबल प्रतियाेगिता हुने,प्रथम पुरस्कार नगद ५० हजार

हेटौंडा ।पूर्वि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियाेगिता सुरु हुने भएको छ।

नेपाली हरुकाे महान पर्व शुभ-विजया दशमीकाे अवसर पारेर भिरकाेट खेलमैदानमा असाेज ८ देखि १५ गते सम्म वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियाेगिता खेलाउन लागिएको खेलकुद बिकास समितिकाे उपाध्यक्ष राजकुमार स्याङ्तानले बताए ।

प्रतियाेगिताकाे विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद २५ हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियाेगितामा उत्कृष्ट खेलाडीलाई उचित
पुरस्कारकाे समेत व्यवस्था गरेकाे आयाेजक खेलकुद बिकास समितिले जनाएको छ।