मिटर ब्याजी बिरुद्धकाे आन्दोलनमा उत्रन क्रान्तिकारी किसान तथा मजदुर महासङ्घकाे आह्वान

काठमाडौं । आज कीर्तिपुरमा भएको मिटर ब्याज पीडित किसान मजदुरहरुकाे अान्दोलनमा सरकारले हस्तक्षेप गरि पुलिसद्वारा गरिएको लाठीचार्ज र धरपकड विरुद्ध “अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले संयुक्त वक्तव्य जारी गर्दै कडा शब्दमा विरोध जनाएको छ ।

आज किसान महासङ्घका केन्द्रीय अध्यक्ष सीताराम तामाङ तथा मजदुर महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिनाले संयुक्तरुपमा वक्तव्य जारी गर्दै पीडित किसान मजदुरमाथि जाईलाग्ने सरकारका विरुद्ध सम्पुर्ण देशभक्त क्रान्तिकारी किसान मजदुरहरू सङ्घर्षमा उत्रन अाह्वान गरिएको छ ।

वक्तव्यमा मिटर ब्याजी सुदखाेरहरुबाट विस्थापित भएका तराईका विभिन्न जिल्लाका किसान मजदुरहरुकाे जायज र उचित माग सम्बाेधन गरि न्याय दिनुपर्नेमा सरकारले उल्टै सुदखाेरकाे पक्षमा उभिएर आन्दोलनकारीहरुमाथि गरिएको बर्बर दमनको घाेर भ्रत्सना गर्दै उक्त दमन अविलम्ब राेक्न र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको छ ।

यसैगरी किसान मजदुर सङ्गठनले अाज गरिएको राज्य दमनबाट घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न र गिरफ्तारीमा परेकाहरुकाे अविलम्ब रिहाइ गर्न पनि जाेडदार माग गरिएको छ ।