Monday, October 3, 2022
More
    गृहपृष्ठUncategorizedसाफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

    साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

    - Advertisement -

    काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० ले अग्रता लिएको छ ।

    नेपाललाई अग्रता दिलाउन रश्मीकुमारी घिसिङ, सरु लिम्बु अमृता जैशी र दीपा शाहीले गोल गरेका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

    त्यसको एक मिनेटमै  दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औं मिनेटमा हेडिङ गोल नै गरेर ३-० को अग्रता बनाइन् । ४० औं मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।

    खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४-० ले अघि भएको हो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !