भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो

काठमाडौं । भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ। मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो ।

भारतबाट आएको मूल्यसूचीअनुसार मूल्य घटाउने निर्णय निगमले गरेमा उपभोक्तालाई केही राहत हुनेछ । मूल्य घटाउनलाई निगम सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ ।

यद्यपि पछिल्लो समय निगमले मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको भनेर आलोचना समेत हुने गरेको छ ।