आत्महत्या न्यूनीकरण गर्न सवैले पहल गरौं : गृहमन्त्री

काठमाडौं | गृहमन्त्री बालकृष्ण खाणले आत्महत्या न्यूनीकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् ।

उपत्यका प्रहरी कार्यालयले आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै मन्त्री खाणले भने–‘अकाल मृत्यु कसैको नहोस्, आत्महत्या न्युनिकरण गर्न सवैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आत्महत्याको ग्राफ बढेको छ । जीवन महत्वपुर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले भने–‘आत्महत्याको बाटो कसैले नरोजौँ, आत्महत्या न्यूनिकरण गर्न सरकारको आफ्नो दायित्व प्रति सजग छौं ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले आत्महत्या न्यूनिकरणका लागी प्रहरीले गरेको प्रयासले मान्छेलाई ‘विकल्प’ प्रति आशा जगाउन मद्दत गरेको बताए ।

‘आत्महत्या रोकथामलाई प्रहरीले सँधै प्राथमिकतामा राखेको छ’ आईजीपी सिंहले भने ।

आत्महत्या न्यूनिकरणका लागी सवै जिल्लामा मनोसामाजिक परामर्शदाता उपलब्ध गराउन आग्रह सिंहले सरकारसँग माग गरेका छन् ।