Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचारभीरमा अडि्कएका शिक्षकको २२ घण्टापछि उद्धार

    भीरमा अडि्कएका शिक्षकको २२ घण्टापछि उद्धार

    - Advertisement -

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि सकुशल उद्धार गरिएको छ । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।

    शिक्षक सिवाकोटी ढुंगामा अडि्कएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।

    सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए । ‘२२ घण्टापछि उहाँलाई सेनाको सहयोगमा उद्धार गरिएको हो,’ उनी भन्छन्,’ठूलो पानी परेको भए राति नै बगाउन सक्थ्यो, तर खोलाको सतह नबढेकाले उहाँ ढुंगामै अडि्करहनु भएछ ।’

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !