Monday, October 3, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशसर्लाहीका एकैपालिका ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट

    सर्लाहीका एकैपालिका ३ खेलाडी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट

    - Advertisement -

    राधेश्याम कुशवाहा, सर्लाही ।।नवौं राष्ट्रिय खेलकुदमा प्रदेश स्तरीय खेल प्रतियोगितामा सर्लाहीका एकै गाउँपालिकाका ३ खेलाडी छनौट हुन सफल भएका छन ।

    कब्बडी खेलका लागि छनौट हुन सफल हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका आशा कुमारी महतो, चन्द्रीका कुमारी राउत र विवेक कुमार महतो रहेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
    उनिहरु सर्लाही जिल्ला स्तरीय खेला प्रतियोगिताबाट छनौट भएर मधेश प्रदेश स्तरीय खेल प्रतियोगितामा सहभागी हुन जनकपुरधाम जान लागेका हुन । यो सम्पूर्ण चन्द्रनगर गाउँपालिकाबासीको लागि गौरवको विषय रहेकोे उहाँ बताउँछन ।

    हामी सबैको शुभकामना तथा आर्शिवाद हाम्रा तीनै जना युवा खेलाहीहरुको साथमा रहोस भन्ने भगवान संग प्रार्थना गर्दै छु, उनले भने । प्रदेश स्तरीय खेलबाट छनौट भई नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर प्राप्त होस भन्दै उहाँले सफलताको कामना गर्दै शुभकामना समेत व्यक्त गरे ।

    चन्द्रनगर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि छनौट हुन सफल तीन जना खेलाडी सहित कोच संतोष कुमार सिंह लाई खेलमा सहभागी हुन सहज होस भन्दै ट्रयाक र जुता प्रदान गरेको छ । उनिहरुको आत्मविश्वास र हौसला बढाउन प्रमुख प्रशासकिय अधिकृत मदन कुवरले प्रदेश स्तरीय खेलमा सहभागी हुन प्रस्थान गर्नु अगाडी माला र खादा लगाएर सम्मान गर्दै शुभकामना दिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

    प्रदेश स्तरीय खेल प्रतियोगितामा सफल भई छनौट हुने खेलाडी २०७९ असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन मौका पाउने छ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !