लालबन्दी | सर्लाहीको परवानिपुर हुँदै देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको एउटा म्याजिक गाडी मंगलबार दिउँसो फूलजोर खोलामा आएको बाढीले बगाएको छ।
डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्बरको म्याजिक बगाएको हो।
माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो। खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका थिए ।
अरु बेला पानी नै नहुने भएपनि बर्खाको बेला त्यहाँ पानी पर्नासाथ ठूलो बाढी आउने गरेको छ। सर्वसाधारणले जसोतसो खोला तरेपनि सवारी साधन वारपार गराउन भने समस्या हुने गरेको छ।