Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचारराष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ आइतवारलाई सर्यो

    राष्ट्रपति विरुद्धका रिटमाथिको सुनुवाइ आइतवारलाई सर्यो

    - Advertisement -

    काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आइतवारका लागि सरेको छ । 

    अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर, सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । 

    अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ । 

    विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ । 

    राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !