मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पती परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन।
सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैया पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा वढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जागर आउनेछ । रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । जागीर पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार व्यावसायमा लगानी गर्न केहि समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । समयमा काम नसकिने हुदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने शत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन्।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धी समस्याले सताउनेछ हुँदा मानसिक तनाव बढ्नेछ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिष गर्दागर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाइ लेखाइमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विषेश पद पाउने समय रहेकोछ । छोटो तथा अर्थपूर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ।