थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना निको

काठमाडौं । देशभर थप ५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १ हजार १४४ पुगेको छ । नेपालमा कोरोना महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाएका छन् ।