जसपासँग तालमेल गरेको भन्दै सर्लाहीका एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टी छाडे

सर्लाही | जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमाले छोडेको घोषणा गरेका छन् ।
यस अघि जसपासँगको तालमेलको बिरोध गर्दै प्रभु शाह सहित नेता कार्यकर्ताले एमाले छाडेका थिए ।

शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ ।

उनले विज्ञप्तिमा भनेका छन्– ‘हिजो उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी ९जसपा० सँग एउटा राष्ट्रवादी पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको कहिले पनि हित नचाहने र भारतको इशारामा नेपालमा आफ्नो गतिविधि गर्ने एउटा साम्प्रदायिक पार्टी जसपासँग जनताको माग विपरीत पार्टी कार्यकर्ताको मागलाई वेवास्ता गर्दै जुन तरिकाले गठबन्धन गरेको छ त्यो देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले म आजको दिनबाट नेकपा एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’