सर्लाहीको चन्द्रनगर गाउँपालिकाका कामदमा प्लस टु सुरु भएपछि स्थानिय हर्षित

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिका वार्ड न.६ स्थित मरिचीमान माध्यमिक विधालयमा दस जोड दुई सन्चालनमा आएपछि स्थानीयवासी हर्षित भएको छ ।
गणतन्त्र र संघीयता कार्यान्वयन पछि को पहिलो स्थानीय सरकारको पांच बर्षे कार्यकालमा समेत उक्त विधालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरेपछि आम जनसमुदायमा निराशा बनेका थिए ।

स्थानिय सरकारमा प्लस टु सन्चालन भएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का जनताका १५ वर्षे सपना साकार भएको स्थानीय मन्जुु सिंह बताउछिन ।
वैशाख २०७९ को स्थानीय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्ष राज कुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तिन महिना भित्र अहोरात्र खटि सम्पूर्ण पक्रिया पुरा गरेर कक्षा ११ को अध्यापन शुरु गराउनु निकै सुखद र सकारात्मक कार्य रहेको छन । उनले भनिन । उहाँको नेतुत्वमा भएको उल्लेखनीय कार्यहरुले उहाँको कार्यकालको ६ महिना नबित्दै आम नागरिकले स्थानीय सरकार भएको महसुस गरेका हुन ।

स्थानीय रिषी माझिका अनुसार स्थानीय स्तरमा प्लस टु का कलेज नहुदा किशोर किशोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागी टाढाका कलेजहरुमा जानु परेको बाध्यता रहदै आएको थियो  ।
किशोरीहरु टाढाका कलेजमा पढन जादा किशोरीहरु विभिन्न हिंसामा पर्ने डरले अभिभावहरु चिन्तित थिए । उनले भने । कक्षा १० का पढाई पुरा गरेर कलेज टाढा भएकै कारण कतिपय किशोरीहरुलाई असुरक्षित हुने डरले अभिभावकहरु उच्च शिक्षा पुरा गर्नबाट बन्चित गर्दै आएका थिए । स्थानिय स्तरमा प्लस टु संचालनमा आएपछि सबैभन्दा बढी किशोरीहरु लाभान्वित हुने उहाँको कथन थियो ।

विगत १५ बर्षदेखि चन्द्रनगर गाउँपालिकाका वडा न. ६ र ७ का अभिभावकहरुले आफनै गाउँमा रहेका श्री मरिचीमान माविमा उच्च शिक्षा अध्यायपन गराउनुपर्ने माग गर्दै आएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।
शिक्षा नै विकासका मूल आधार भन्ने नारालाई आत्मसाथ गर्दै वास्तविकता र आवश्यकतालाई मध्यनजर गर्दै मैले वैशाख २०७९ का स्थानीय निर्वाचनमा निर्वाचित भएपछि यस विषयलाई उच्च प्राथमिकता दिदै ठूलो आन्तरिक विवाद तथा कार्यपालिकामा आफनो पार्टीको अल्पमतको बावजदु पनि आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम एवम वार्षिक बजेटमा सम्बोधन गराउन सफल भए । उनले लामो सास फेर्दै भने । 
त्यसपछि मरिचीमान जनता माध्यमिक विधालयमा सर्वपक्षिय एवम सर्वदलिय बैठकको आयोजना गरी कक्षा ११ पठनपाठन शुरु गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको महतो बताउँछन ।
उक्त प्रक्रिया पुरा गर्न र कार्यपालिकाबाट कक्षा ११ को अनुमति पारित गराउन कार्यपालिकाकै केही सदस्यहरुबाट तथा गाउँपालिका भित्रका केही राजनितिक पार्टीका अगुवाहरुबाट विभिन्न किसिमका बाधा अवरोध तथा असहयोग झेल्नु परेको तितो अनुभव हामीसंग छ । उनले भने । 
विभिन्न बाधा र अवरोधलाई पार गर्दै कामद स्थित उक्त माध्यमिक विधालयमा कक्षा ११ को अनुमित प्रदान गराई अन्ततः १५ वर्षे सपना पुरा भएकोमा उहाँले खुशी व्यक्त गरे ।

उक्त विधालयमा प्लस टु अर्थात कक्षा ११ र १२ को अध्यापन शुरु होस भनेर उक्त क्षेत्रका अभिभावक एवम आम नागरिकले २०६४ साल देखि नै संघर्षरत थिए । स्थानिय सरकारले उच्च शिक्षा पुरा गरी २० बर्ष पारी बिहे गर्ने किशोरीलाई सम्मान स्वरुप ५० हजार दिने घोषणा गरेका कारण स्थानिय स्तरमा प्लस टु संचालन भएपछि किशोरीहरुलाई उच्च शिक्षा पाउने अवसर मिल्नुको साथै बालविवाह समेत कमी आउने अपेक्षा गरिएको हो ।