यो वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा

निराज रानाभाट , काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइ टीकाको उत्तम साईत सार्वजनिक भएको छ । यस वर्षको भाइ टीकाको उत्तम साईत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ ।

समितिका अनुसार भाइ टीकाको उत्तम साईत यहीँ कार्तिक १० गते , बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो ।

टीका लगाउने उत्तम साईत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइ टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।