गायक रमेश पाठकको ‘झिलिमिली तिहारै आयो’ चर्चामा

काठमाडौं । गायक रमेश पाठकले तिहार लक्षित गीत सार्वजनिक गरेका छन् । पाठककै शब्द, स्वर तथा र संगीतमा ‘झिलिमिली तिहारै आयो’ सार्वजनिक भएको हो ।

तिहारमा साथीभाई मिलेर तिहार मनाउनुपर्छ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ । पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

गीतको भिडियोमा विजय कार्कीको छायांकन रहेको भने सम्पादन रोशन धितालको छ । गायक पाठकले यस अघि विभिन्न चाडपर्व समयमा गीतहरु रिलिज गर्दै आएका छन् । उनका विशेष गरेर तीज र दसैंका गीतहरु चर्चामा रहदै आएका छन् ।