चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले पहिलोपटक चन्द्रनगर गाउँवासी सँग दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरे पछि स्थानीयहरु खुसि भएको छ ।
शनिवार चनद्रनगर गाउँपालिकाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको कार्यक्रमको उदघोषक पच्चुलाल माझीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकामा धेरै परिवर्तन गर्नु छ, त्यो क्रमबद्ध रुपमा सुरु गरको छु बताउनुभयो ।
अहिले मरिचमान माविमा प्लस टु संचालित गरेको छु,शिक्षा क्षेत्रमा क्रमिक रुपमा नयाँ तरिकाले परिवर्तनको काम भैरहेको गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो ।
यसैगरी नेपाल सरकारले स्थाई कर्मचारीहरुको तलब १५% प्रतिशत गरेको छ, महंगी बढेको छ सोही अनुरुप करारमा कार्यरत कर्मचारीहरुको पनि तलब बृद्धी गरिएको गाउँपालिका अध्यक्ष महतोले मन्तव्य दिनुभयो ।
उहाले नाढीमन ताललाई व्यवस्थित गर्ने काम पनि अघि बढाईको बताउनुभयो । नाढीमन तालमा छिटै जाली सहितको घेरा गरि सुरक्षित गर्ने काम अघि बढाईने गापा अध्यक्ष महतोले बताउनुभयो ।
कार्यक्रम जनप्रतिनिधि,कर्मचारी, तथा सयौको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।