सर्लाहीको बसबरियाबाट लाखौँ मुल्य बराबरको अबैध चिनी बरामद

बसबरिया । जिल्लाको दक्षिणी क्षेत्र बसबरियाबाट सर्लाही प्रहरीले २ सय ४० बोरा अबैध चिनी बरामद् गरेको छ ।

आईतवार दिउसो बसबरिया गाउँपालिका–३, स्थित भित्री सडक खण्डबाट उक्त परिमाणमा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । बलराबाट ट्रकमा नयाँरोड तर्फ अबैध चिनी ल्याउदै गरेको गोप्य सूचनाको आधारमा चेक जाचँ गर्ने क्रममा ट्रकबाट ल्याउदै गरेको चिनी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकलाई चेकजाचँको क्रममा ४ सय ८० बोरा चिनी फेला परेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । बरामद चिनी, पक्राउ परेको ट्रक समेत गरी ४४ लाख ४० हजार मुल्यांकन गरी जिल्ला भन्सार कार्यलय सर्लाहीमा बुझाईएको प्रहरी नायव उपरिक्षक यादवले बताए ।

यस रुटबाट प्रहरीले यस पहिला पनि तस्करीका विभिन्न खाध्यन्न सामाग्री बरामद गरिसकेको छ ।