
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अर्थ लाभको योग छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्वतर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज अर्थ लाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
आज समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ, व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । बिहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आज कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय दर्शन र नवग्रह दर्शन गर्दा समस्या समाधान हुनसक्छ ।
सिंह :मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग सामान्य विवाद हुनसक्छ । कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईले आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन शतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि
अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आज यात्रा नगर्दा तपाईंको भलो हुनेछ । नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला । कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आकस्मिक धनलाभ हुनेछ । सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्राका लागि फलदायी हुनेछ ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सापटी प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुन्छ । सूर्योदयको दर्शन गर्नु होला । आज सोच अनुसार काम हुनेछ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन सिर्जनात्मक काममा ध्यान दिनुहोला ।