लालबन्दी । सर्लाहीको रन्जितपुरमा आज दिउँसो घारेको टोकाईबाट एक बृद्धाको ज्यान गएको छ । लालबन्दी ५ रन्जितपुरमा आफ्नै घरमा बसिरकेको अबस्थामा अन्दाजी ९५ बर्षिय बृद्धा राम सखी यादवलाई जंगली घारेले टोकेको हो ।
नजिकैको सिम्मलको रुखमा बसेको घारेलाई बाज, चील लगाएतका चराले बिच्क्याएको र घाँस काट्न गएकी एक महिलालाई लखेटे पछि उनी ज्यान जोगाउन मृतक यादवको घरमा पसेकि थिईन । घाँसे महिला घर भित्र परेपछी यादवको घर परिवार र बस्तुभाउलाई घारेले टोकेको मृतकका आफन्तले बताएका छन ।
घारेले हजार पटक भन्दा बढी पटक टोकेपछी बृद्धालाई लालबन्दिको सुर्योदय हस्पिटलमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।