
समय समयको कुरा हो सानी
त्यति खेर एक्लै हिड्न डराउन्नथ्यौ
लोग्ने मान्छे
मान्छे थिए तर
आज व्वाँसा भएका छन् ।
त्यत्रो जंगल कटेर तिमी स्कुल जान्थ्यौ
कहिल्यै गुहार माग्न परेन
हेर ! त आज भरी बजारमा डर छ
त्रास छ र अन्यौल छ ।
साथीले साथी चिन्दैन
आफ्नाले आफ्ना भन्दैन
बस ! लुछ्न मात्रै खोज्छन्
जताततै ।
स्कुलमा शिक्षक
अस्पतालमा डाक्टर
सबका सब
लुटेरा भैसके ।
हामीले सरस्वती पूजाको लागि
नाटक मन्चन गर्दा
रातभरी सँगै बस्यौ
को केटा को केटी थाहा भएन
त्यसताका समाजको मूल्य थियो
मान्यता थियो
मर्यादा र सम्मान थियो
अझ भनौँ आफ्नोपना थियो
अब विराना भए
आस्था र विस्वाश ।
हेर त !
आज डर मर्नु छ शहर ,
हाट बजार ,
घर ,
खेत
जता ततै डुलिरहेछन् पागलहरु
बच्न पर्छ तिमी नै ।
यहाँ , आफन्त र कानुनले
मद्दत गर्ने छैन
राहत पाएर के गर्छयौ र
लुटिए पछि ?
बस! कालू तिमी आफैँ
बलियो बन
ब्वाँसा मार्ने बन ।
- परशुराम घिमिरे निदान